उफ्फ ! श्राद्ध गर्दै सेतीमा हेलिए सिग्देल

पाेखरा | असोज २६, २०८०

उफ्फ ! श्राद्ध गर्दै सेतीमा हेलिए सिग्देल

पाेखरा:  गत बुधबार तिथी परेपछि पितृको श्राद्ध गर्न गाइघाटस्थित सेती किनारमा पुगेका कृष्ण सिग्देलको अवस्था अज्ञात छ । 

 

स्याङ्जा हरिनास गाउँपालिका ३ का २३ वर्षीय  सिग्देलको अवस्था उक्त दिन दिउँसो साढे २ बजेदेखि बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

 

श्राद्ध गर्नेक्रममा सिग्देललाई सेती नदीले बगाएको भन्ने सूचनापछि वडा प्रहरी कार्यालय बगरले खोजी कार्य सुरु गरेको थियो । 

 

तत्कालै प्रहरीसँगै नेपाली सेना, सशस्त्र प्रहरी र प्रदेश प्रहरी गण पोखराको उद्धार टोलीले सिग्देलको खोजी गरेपनि उनी भेटिएका छैनन् ।

 

सिग्देलको खोजी कार्य जारी रहेको जिप्रका कास्कीका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता श्रवणकुमार विक बताउँछन् । 

 

उक्त समयमा सोही स्थानमा रहेका प्रत्यक्षदर्शीका अनुसार श्राद्धकाक्रममा पितृलाई तर्पण दिन सिग्देल नदीतर्फ लागेका थिए । त्यसपछि झन् नदीभित्र अघि बढेपछि उनलाई अघि नबढ्न र फर्कन भनिएको थियो । 

 

किनारबाट बोलाएको आवाजलाई बेवास्ता गर्दै उनी बिस्तारै उत्तरतर्फ बढ्दै गए । त्यसपछि नदीको सतह गहिरो भएको ठाउँमा पुगेपछि सिग्देलले आकाशतर्फ हेर्दै हात जोडेर नमस्ते गरी अलप भएको बताइएको छ । 

 

त्यसपश्चात् उनको खोजतलाश जारी छ । 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको...

थप पढ्नुहोस्

पोखरा ।   युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   भगवती युवा ...

थप पढ्नुहोस्

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

थप पढ्नुहोस्